वामदेवको शब्दमा आयो समाजवादीको गीत ‘जनता जगाउने कलममा छाप लगाउने’
मङ्गलबार, २० वैशाख २०७९, १८ : ५६
स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को चुनावी गीत ‘जनता जगाउने कलममा छाप लगाउने’ सार्वजनिक भएको छ ।
मुस्लिम इतेहाद संगठन नेपालले निर्माण गरेको गीतमा वामदेव गौतमका शब्द रहेको छन् । कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको गीतमा कृष्ण केसीकै संगीत छ । गीतमा जनता जगाउने, विकासको लहर चलाउने समाजवादी पार्टी भएको बताइएको छ । कलममा छाप लगाउन समेत आग्रह गरिएको गीतमा समाजवादी देशभरि छाएको समेत उल्लेख छ ।
७ मिनेट १८ सेकेन्डको गीतको भिडियो समेत बनेको छ । भिडियोमा समाजवादी पार्टीका विभिन्न गतिविधिका समेटिएका छन् । समाजवादी पार्टी व्यक्तिवादी भन्दा बिचार वादी र नेता भन्दा नीति वादी रहेको समेत गीतमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण