सङ्खुवासभा काँग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही
नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । काँग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ ।
सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिए । कारबाहीमा पर्नेमा धर्मदेवी नगरपालिकाका डम्बरकुमार पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मीनलाल राई, राजीव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलीप तामाङ, आङरिन्जे शेर्पा, धनबहादुर तामाङ र दिलीप विक छन् ।
यस्तै पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाही गरेको काँग्रेस सङ्खुवासभाले जनाएको छ । उनीहरुलाई पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद ९, धारा ३४, १ (घ) बमोजिम कारबाही गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
-
तपाईँलाई पनि मुखको क्यान्सर त छैन ?
-
बालेन सरकारले सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउन लागेको हो ?
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण