मकवानपुरमा मंगलबारदेखि मदिरा विक्री गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्लाभर मदिराजन्य पदार्थहरु विक्री वितरण तथा सेवनमा रोक लगाएको छ । कार्यलयले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्र, निष्पक्ष बनाउन मंगलबार राति १२ बजेदेखि ३० गते राती १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
त्यसैगरी मतगणना हुने स्थलको ५०० मिटरको आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मका लागि मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्न निर्देशन गरेको छ । त्यस्तै प्रशासन कार्यालयले वैशाख ३० गते मतदानको दिन बिहान ५ देखि साँझ ६ बजेसम्म तोकिएका अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारीसाधन बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा रोक लगाएको छ ।
कार्यलयले सो निर्णय विपरित कार्य गरेको खण्डमा प्रचलित कानुन अनुसार कारवाही गर्ने चेतावनीसमेत दिएको छ । कार्यालयले प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवं निर्वाचन विरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको हो ।
त्यस्तै स्थानीय तह निर्वाचन अन्तर्गत मतदानको दिन प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएकाले हुँदा वैशाख २७ देखि ३० गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु बन्द रहने जनाएको छ । कार्यालयले सो अवधिमा जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू प्रवाह नहुने जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण