चेक डिपोजिटमा गोलमाल: कृषि विकास बैंककी टेलर दिपीकाले यसरी कुम्ल्याईन चार करोड !
चितवन – दिपीका रेग्मी उमेरले ३२ पुगिन् । काठमाडौंको सितापाईला बस्दै आएकी उनी कृषि विकास बैंकको शाखा कार्यालय न्युरोडमा काम गर्छिन् । न्युरोड शाखामा ब्यक्ति र संस्थाहरुले विभिन्न बैंकको चेक मार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको रकममा गोलमाल गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको छ ।
चेक डिपोजीटमै गोलमाल गरेर चार करोड भन्दा बढी आफन्तको खातामा डिपोजिट गरेको खुलेपछि दिपीकासहित अन्य दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक डिआईजी पुष्कर कार्कीले जानकारी दिए । ‘बैंकको टेलर दिपीकासहितका अन्य दुई जना कसुरमा संलग्न देखिएका छन्’ डिआईजी कार्कीले भने, ‘दिपीकाले बैंकमा आउने चेकलाई सम्वन्धित ब्यक्ति र आफ्ना आफन्तहरुको नाममा समेत डिपोजिट गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।’
दिपीका रेग्मीले ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसिसी) मार्फत सम्वन्धित हितग्राहीको खातमा जम्मा गरिसकेपनि उक्त भुक्तानी गरेबापत सुचारु गरेको रिपोर्टलाई इडिट गरेर सोही चेकलाई पुनः ईसिसीमार्फत आफन्तको खातामा जम्मा गर्ने गरेको पाईएको छ । यसरी बैंकीङ फ्रड गरेर दिपीकाले चार करोड एकानब्बे लाख कृषि विकास बैंकलाई नोक्सानी गरेको डिआईजी कार्कीले बताए ।
यसरी बैंकलाई झुक्याएर कमाएको पैसा उनले धेरैजसो सुनचाँदी खरिदमा खर्च गर्ने गरेको पाईएको छ । दिपीकाले एउटै सुन पसलबाट एक करोडभन्दा बढी रकमको सुन खरिद गरेको खुल्न आएकोसँगै केन्द्रीय अनुसन्धान ब्युरोले सुन चाँदी ब्यवसायी प्रकाश घतानीलाई समेत नियत्रणमा लिएको छ ।
प्रहरीका अनुसार सुन चाँदी खरिद गर्ने नाममा दिपीकाले घतानीको खातामा एक करोड रुपैयाँ डिजोजिट गरिदीएकी थिइन् ।
बालाजु बस्ने घतानी बाहेक प्रहरीले सोही कसुरमा संलग्न दोलखाका रमेश कुमार थापालाई पनी नियन्त्रणमा लिएको छ । उनीहरुमाथी उच्च अदालत पाटनबाट म्याद लिएर बैंकीङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान भईरहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण