बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ

मङ्गलबार, २३ असार २०८३, २३ : ३२
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगेका छन् । मंगलबार साँझ गुरुङले लाजिम्पाटस्थित सीआईबीको निरीक्षण भ्रमण गरेका हुन् ।

कोशी प्रदेशको सुनसरी, धनकुटा र झापाबाट फर्केपछि उनी सीआईबीमा पुगेका हुन् ।

सीआईबीको कमाण्ड असार १९ देखी एआईजी उमा प्रसाद चतुर्बेदीले सम्हालेका छन् । असार १८ मा बसेको मन्त्रिपरिषद्ले डा. मनोज केसीलाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरेर सीआईबीमा चुतर्वेदीलाई पठाउने निर्णय गरेको थियो ।

मोरङमा पक्राउ परेका कांग्रेस नेता अभिषेक गिरीबारे पनि सीआईबीले अनुसन्धान गरिरहेको छ ।

गिरी अहिले ब्युरोको हिरासतमा छन् । गिरी मोरङ कारागारका कैदबिन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका उनलाई मंगलबार काठमाडौं ल्याइएको हो । मोरङ जिल्ला अदालतको अदेशले रिहा भएपछि पुन पक्राउ परेका गिरीमाथी ब्यूरोले ठगी र आपराधिक विश्वासघात सम्बन्धी अर्को कसुरमा अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप