बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको बैठक सुरु, चार मन्त्रालयको बजेटमाथि छलफल जारी

बुधबार, २४ असार २०८३, ११ : ५४
बुधबार, २४ असार २०८३

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १६औँ बैठक आज सुरु भएको छ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको समूहीकृत छलफललाई निरन्तरता दिइएको छ। प्रदेशसभा नियमावली, २०७९ को नियम १३५ को उपनियम (७०) बमोजिम भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ।

बैठकमा यसअघि नाम टिपाएर बोल्न बाँकी रहेका ११ जना प्रदेशसभा सदस्यले सम्बन्धित मन्त्रालयहरूको बजेट तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।

सदस्यहरूको धारणा सकिएपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले उठाइएका प्रश्न तथा जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप