भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
सारांश
- गण्डकी प्रज्ञा प्रतिष्ठानमा कांग्रेस र एमालेको भागबण्डा मिलेपछि लामो समयदेखि रिक्त रहेका पदहरूमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।
- कुलपतिमा प्रा. डा. कुसुमाकुमार न्यौपाने (कांग्रेस निकट), उपकुलपतिमा शंकर बिहारी गुरुङ र सदस्यसचिवमा मनकुमार श्रेष्ठ (दुवै एमाले निकट) नियुक्त भएका छन्।
- गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७७ अनुसार भाषा, साहित्य, कला र संस्कृति जस्ता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका २४ सदस्य रहने व्यवस्था छ।
पोखरा । लामो समयदेखि रिक्त गण्डकी प्रज्ञा प्रतिष्ठानले कांग्रेस र एमालेको भागबण्डा मिलेपछि पूर्णता पाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिष्ठानको कुलपतिमा प्रा. डा. कुसुमाकुमार न्यौपानेलाई मंगलबार नियुक्त गरेका हुन्।
उनी कांग्रेस निकट हुन् । २०८२ वैशाखदेखि रिक्त रहेको प्रतिष्ठानको अन्य पदाधिकारी पनि भागबण्डाबाट नियुक्त गरिएको छ ।
उपकुलपतिमा शंकर बिहारी गुरुङ र सदस्यसचिवमा मनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । दुवैजना एमाले निकट हुन् । प्रतिष्ठानमा २०७८ वैशाखमा पहिलोपटक पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको थियो ।
उनीहरूको कार्यकाल समाप्त भएपछि २०८२ वैशाखदेखि कुलपति, उपकुलपति र सदस्यसचिवसहित सदस्यका पद रिक्त थिए ।
रिक्त पदपूर्तिका लागि सरकारले १५ दिने समयसीमा राखेर आवेदन आह्वान गरेको थियो । गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन, २०७७ को दफा ७(घ) अनुसार प्रतिष्ठानमा भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत, समाजशास्त्र र दर्शनका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिमध्ये कम्तीमा आठ जना महिलासहित मुख्यमन्त्रीले मनोनयन गर्ने २४ सदस्य रहने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?
-
चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत
-
बेल्जियम चम्किएको दिन, तीनवटै आयोजक राउन्ड १६ बाट आउट
-
लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन
-
नेपालमा कीटजन्य विशेषज्ञको चरम अभाव, महामारी नियन्त्रणमा चुनौती
-
आँधीले १२औँ तलाबाट मान्छे उडाएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण