इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
सारांश
- अर्जेन्टिनाले विश्वकप इतिहासमा पहिलो पटक खेलको अन्तिम ११ मिनेटमा २-० ले पछि परेको अवस्थाबाट अतिरिक्त समय नखेली पुनरागमन गर्दै जित निकालेको छ ।
- खेल सकिन ११ मिनेट बाँकी छँदा २-० ले पछि परेको अर्जेन्टिनाका लागि रोमेरो, मेस्सी र एन्जो फर्नान्डेजले गोल गरे ।
- यो विश्वकप इतिहासकै सबैभन्दा छोटो समयमा ३ गोल गर्दै निर्धारित समयभित्रै खेल जितेको कीर्तिमानी खेल बनेको छ ।
काठमाडौँ । इजिप्टविरुद्ध अर्जेन्टिनाले अर्को ऐतिहासिक उपलब्धि पनि हासिल गरेको छ । विश्वकप इतिहासमै पहिलो पटक कुनै टोली खेलको यति ढिलो समयमा दुई गोलले पछि परेको अवस्थाबाट अतिरिक्त समय नखेली नै पुनरागमन गर्दै अर्जेन्टिना विजयी बनेको हो । खेल सकिन जम्मा ११ मिनेट बाँकी थियो अनि अर्जेन्टिना २–० ले पछि थियो ।
सांख्यिकीय संस्था अप्टाका अनुसार, अर्जेन्टिनाका रोमेरोले ७९औं मिनेटमा टिमका लागि पहिलो गोल फर्काउनु अघि अर्जेन्टिनाको जित्ने सम्भावना केवल ०.६ प्रतिशत मात्र थियो । तर त्यसपछि ८३औं मिनेटमा लियोनल मेस्सी र ९० प्लस ३औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेलको परिणाम उल्ट्याएका थिए ।
विश्वकप इतिहासमा पश्चिम जर्मनी विरुद्ध हंगेरी (१९५४ को फाइनल)मा जर्मनीले २–० ले पछि परेको अवस्थाबाट निकालेको ३–२ को जित, २०१८मा बेल्जियमले जापान विरुद्ध २–० ले पछि परेको अवस्थाबाट ३–२ को रोमाञ्चक विजय, पोर्चुगलले १९६६मा ३–०को स्थिति उल्ट्याउँदै उत्तर कोरियाविरुद्ध निकालेको ५–३ को जित तथा अर्जेन्टिनाले पश्चिम जर्मनीविरुद्ध १९८६ को फाइनलमा २–०को स्थिति उल्ट्याउँदै निकालेको ३–२ को जितजस्ता सर्वकालीन शानदार पुनरागमन छन् ।
तर, अर्जेन्टिना विरुद्ध इजिप्टको खेल भने विश्वकप इतिहासकै अन्तिममा सबैभन्दा छोटो समय अर्थात् १४ मिनेटभित्र ३ गोल गर्दै खेलको निर्धारित समयभित्रै जित निकालिएको किर्तिमानी खेल बन्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
-
फरार रहेका ७ जना प्रतिवादीको हकमा के हुन्छ ?
-
एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण