जुम्लाको पातारासी गाउँपालिकामा काँग्रेसको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १५ : २५
जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका पूर्णसिंह बोहोराले ५२९ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका हरिवहादुर बुढा ३८७ ल्याएर पछ्याइ रहेका हुन् ।
नेकपा एमालेका शुकराम रावतले २९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी शान्ति बुढा ४८८ प्राप्त गरेर अग्रता लिएकी छन् । त्यस्तै माओवादीकी जुनमाया रोकाया ४०५ ल्याउँदा एमालेकी खम्मिनी महताराले ४८ र नेकपा एसकी रमा भण्डारी ३ मत प्राप्त गरेकी छन् ।