बादरमुढे घटनाका पीडित र प्रचण्डबीच तीन बुँदे सहमति (सहमति पत्रसहित)
चितवन– चितवनको बादरमुढे घटनाका पीडित र माओवादी केन्द्रबीच तीन बुँदे सहमति भएको छ । आईतबार चितवनमा माओवादी केन्द्रका अध्यक्ष र पीडितहरुबीच तीन बुँदे सहमति भएको हो ।
पीडित पक्षबाट अगाडि सारिएका माग सम्बोधन गर्न माओवादी तयार भएपछि सहमति भएको हो । सहमतिमा मृतकका अश्रित परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जिवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै घटनामा घाइतेहरुको उपचार गर्दा भएको खर्च दिने तर, त्यसका लागि पीडितका तर्फबाट ३ जना, माओवादीका तर्फबाट ३ जना र माडी नगरपलिकाका प्रतिनिधिसम्मिलित एक कमिटी बनाउने सहमति भएको छ ।
सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा यसअघि घाइतेहरुले उपचार गर्दा लागेको खर्च समेत माओवादीले व्यहोर्ने सहमति भएको छ । सहमतिमा पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरी न्युरेले हस्ताक्षर गरेका छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन् । यो सहमतिसँगै बादरमुढे घटनाका पीडितहरुले आज पहिलो पटक माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभासदस्य उम्मेदवार प्रचण्डलाई स्वागत गरेका छन् ।

माओवादी सशस्त्र युद्धरत रहेका वेला गत २०६२ साल जेठ २३ गते गुडिरहेको बस माओवादीको एम्बुसमा परी ३८ जनाले ज्यान गुमाएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण