बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

विक्रम पाण्डेको ‘मित्र’ प्रचण्डको पक्षमा भोट माग्दै चितवनमा !

आइतबार, १७ मङ्सिर २०७४, १६ : ०६
आइतबार, १७ मङ्सिर २०७४

काठमाडौं–  पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको कारबाहीमा परेका   उद्योग राज्यमन्त्री रेशम कुमार लामा  चितवनमा वाम गठबन्धनको कार्यक्रममा सहभागि भएका छन् ।  

उनी आइतबार  चितवनको माडी  नगरपालिकास्थित बसन्तपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागि भएका हुन् । 

शनिबार मात्रै राप्रपा प्रजातान्त्रिकले उनलाई महामन्त्रीको जिम्मेवारीबाट हटाउँदै राज्यमन्त्रीबाट पनि मदमुक्त गर्न  प्रधानमन्त्रीसमक्ष सिफारिश गरेको थियो । तर, उनको पदबारे प्रधानमन्त्री शेरबहादुर देउवाल निर्णय लिइसकेका छै्रनन् । 

 उनले  लोकतान्त्रिक गठबन्धनलाई अहसयोग  पुग्ने गरी  गतिविधि गरेको  राप्रपा प्रजातान्त्रिकको आरोप छ । 

वाम गठबन्धनको सभामा राज्यमन्त्रीकै हैसियतामा सहभागि भएका लामाले  चितवन ३ बाट प्रचण्डलाई जिताउनुको विकल्प नभएको बताए । 

उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार  विक्रम पाण्डे आफ्नो मित्र भएपनि प्रचण्डको पक्षमा मत माग्न आफू चितवन आएको बताए । 

 ‘लोकतान्त्रिक गठबन्धन बनाएर जनता झुक्याउने काम भएको छ । तर वाम गठबन्धन अहिले देशको लागि आवश्यक छ’, उनले भने, ‘यसमा  मेरो स्वार्थ  छैन । जनताको समृद्धिलाई सबै छाडेर वाम गठबन्धनलाई सहयोगी बनेको हुँ ।’

उनले  राजनीतिक स्थायित्वका लागि वाम गठबन्धनलाई भोट हाल्न आह्वान समेत गरे । सो सभामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का  उम्मेदवार प्रचण्डलगायतका नेताहरुको सहभागिता रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप