शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार, ०१ जेठ २०७९, ११ : ५०
आइतबार, ०१ जेठ २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तोक्दै तोलामा १३ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

वैशाख २९ गते छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । यस्तै, २९ गते तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो । जुन, आज १३ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार रुपैयाँ छ ।

यस्तै, जेठ २९ गते प्रतितोला १२ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १२ सय ४० रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप