धनगढीमा गोपाल हमालले बनाए ६०९ मतको अग्रता, कमजोर देखियो एमाले (मत परिणामसहित)
आइतबार, ०१ जेठ २०७९, ११ : ५५
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालले अग्रता कायम राखेका छन् । आइतबार पौने १२ बजेको मत परिणामअनुसार आँच चुनाव चिह्न लिएका हमालले ३१५३ मत गणना सकिँदा १४७२ मत पाएका छन् ।
यस्तै काँग्रेसका उम्मेदवार नृप वडले ८६३ मत पाएका छन् । हमाल र वडको मतान्तर ६०९ रहेको छ । सो उपमहानगरपालिकामा एमाले कमजोर देखिएको छ । एमालेका उम्मेदवारले मात्र १५४ मत पाएका छन् । यसैगरी उपप्रमुखमा भने माओवादी केन्द्रको अग्रता रहेको छ । माओवादीका उम्मेदवारले ७३८ मत पाउँदा स्वतन्त्र उम्मेदवारले ५११ मत ल्याएका छन् ।