कमलाको राष्ट्रिय गीत ‘यो हाम्रो झन्डा’ सार्वजनिक
सोमबार, २४ वैशाख २०८१, १३ : ०४

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको राष्ट्रिय गीत सार्वजनिक भएको छ । साहित्यकार तथा गीतकार कमला न्यौपानेको शब्द रहेको गीतमा येदीन गजमेरले सङ्गीत दिएका छन् ।
परदेशमा रहेर नेपाली गीतमा नियमित शब्द कोर्दै आएकी गीतकार कमलाले नेपालीको शान सूर्य चन्द्र सुशोभित राष्ट्रिय झन्डाको महिमा र शानको बखान गरेकी छन् ।
सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको रहेको गीतको भिडियोमा नरेश भट्टराई, कमल सिंह र कविता न्यौपाने लगायतको अभिनय छ ।
युवराज बाइवाको निर्देशन रहेको भिडियोमा निश्चल पौडेलको छायाङ्कन र विकाश दाहालको सम्पादन छ । भिडियोको निर्माण प्रकाश न्यौपाने गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मा भन्छन्, ‘टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नराम्ररी बुवाको गाली खाएँ’
-
अनुकूल न्यायाधीश खोज्ने प्रयास, चार पटक सारियो पेसी
-
ट्रम्प र मस्कबिचको चर्को बहसपछि घट्यो टेस्लाको शेयर
-
चाँडै चीन भ्रमण जाँदै छन् ट्रम्प
-
बजेट नपरेकोबारे सोध्दा ऋषिकेशका पिएको जवाफ : बसाइँ सरेर अन्तै जानु
-
इङ्गल्यान्डमा खेलिने टेस्ट शृङ्खलाको नाम ‘एन्डर्सन–तेन्दुल्कर ट्रफी’