ललितपुरसहित विभिन्न स्थानमा ४ जना मृत फेला
सोमबार, २४ वैशाख २०८१, १३ : ०४
काठमाडौँ । ललितपुरसहित देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
- ललितपुर, गोदावरी नगरपालिका-७ घट्टेकुलोको सडकमा सोही नगरपालिका-७ देउराली घर भएकी ७५ वर्षीया विष्णु माया तामाङ आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-८ चौराहास्थित सार्वजनिक शौचालय पछाडि सोही उपमहानगरपालिका-११ बुद्बनगर बस्ने २६ वर्षीय विपिन बिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बैतडी, पाटन नगरपालिका-६ पाटन बजारस्थित दिल बहादुर चन्दको पुरानो कच्ची घरमा बस्दै आएका दाङ भालुवाङ घर भएका २२ वर्षीय दीपेन्द्र घर्ती मगर सोही घरको बार्दलीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बागलुङ, बागलुङ नगरपालिका-४ स्थित कालिगण्डकी नदीको किनारमा जैमीनी नगरपालिका-९ धुल्लु घर भई हाल बागलुङ नगरपालिका-४ छिपछिपे ओडारमा बस्ने ४० वर्षीया विष्णु बिक आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण