आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा

सोमबार, २४ वैशाख २०८१, १३ : ०९
सोमबार, २४ वैशाख २०८१

तेल अभिभ । इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलस्थित अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको इजरायलका सञ्चार मन्त्रीले बताएका छन् । 

एक्समा सञ्चार मन्त्रीले एक भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा प्रहरी अधिकारीहरू अल जजिरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।

आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अल जजिरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो । अल जजिरा टिभी नेटवर्कले इजरायली सरकारको राष्ट्रिय सुरक्षा खतराको दाबीलाई झूटो भनेको छ । अल–जजिरा टिभी नेटवर्कको टोलीले कानुनी जवाफको तयारी गरिरहेको पनि बताइएको छ ।

इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् । इजरायलको नागरिक अधिकारवादी संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ । इजरायली सरकारको प्रतिबन्ध प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारलाई अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप