अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा
तेल अभिभ । इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलस्थित अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको इजरायलका सञ्चार मन्त्रीले बताएका छन् ।
एक्समा सञ्चार मन्त्रीले एक भिडियो पोस्ट गरेका छन् । यस भिडियोमा प्रहरी अधिकारीहरू अल जजिरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ ।
आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अल जजिरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो । अल जजिरा टिभी नेटवर्कले इजरायली सरकारको राष्ट्रिय सुरक्षा खतराको दाबीलाई झूटो भनेको छ । अल–जजिरा टिभी नेटवर्कको टोलीले कानुनी जवाफको तयारी गरिरहेको पनि बताइएको छ ।
इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् । इजरायलको नागरिक अधिकारवादी संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ । इजरायली सरकारको प्रतिबन्ध प्रेस स्वतन्त्रतामा खतरा भएको भन्दै यो निर्णय फिर्ता लिन विदेशी प्रेस एसोसिएसनले इजरायली सरकारलाई अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण