
उत्तर कोरियामा ज्वरोबाट थप १५ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतवार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ ।
यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिएका छन् । उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ