सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा गठबन्धन एक मतले अगाडि, एमाले तेस्रो स्थानमा

सोमबार, ०२ जेठ २०७९, ०७ : १०
सोमबार, ०२ जेठ २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ११ हजार ६७३ गन्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा ३ हजार ४५६ मतसहित एक मतको अग्रता बनाएकी छिन् ।

उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३ हजार ४५५ मतका साथ पछ्याई राखेको अवस्था छ । यता एमालेको उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन् । उपमेयरमा भने गठबन्धनबाट काँग्रेस उम्मेदवार राजेश बानियाँले ५ हजार १०३ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई एमाले उम्मेदवार सुमित्रा काफ्ले ३ हजार ९५६ मतका साथ पछ्याइ राखेको अवस्था छ । यस्तै राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत पाएकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप