प्रिमियर लिगमा चेल्सी र लिभरपुलको गोल वर्षा
लण्डन । वेस्ट ह्याम युनाइटेडमाथि शानदार जित हासिल गर्दै चेल्सीले अर्को सिजन युरोपियन फुटबल खेल्ने सम्भावना कायम राखेको छ । आइतबार राति भएको खेलमा चेल्सी ५–० गोलले विजयी बनेको हो ।
खेलको १५ मिनेटमा नै कोल पाल्मरको गोलको मद्दतले चेल्सीले अग्रता लिएको थियो । ३० औँ मिनेटमा कोनर गालागरले दोस्रो गोल गरे भने ६ मिनेटपछि नै नोनी माडुकेले अर्को गोल गरे ।
दोस्रो हाफमा निकोलस ज्याक्सनले दुई गोल गर्दै टोलीलाई सहज जित दिलाए । घरेलु मैदानमा चेल्सीको यो लगातार चौथो जित थियो ।

आइतबार नै भएको अन्य खेलमा लिभरपुलले टोनटह्याम हटस्पर्सलाई ४–२ गोलले हरायो । लिभरपुललाई खेलको १६ औँ मिनेटमा मोहम्मद शालाहले अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा एन्डी रोबर्टसनले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा कोडी गाक्पोले अर्को गोल थपे भने ९ मिनेटपछि नै हार्भे इलियटले गोल गर्दै लिभरपुललाई फराकिलो अग्रता दिलाए । खेलको अन्त्यतिर रिचार्लिसन र सन ह्यूङ मिनले गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भने हुन सकेन ।
आइतबार नै एस्टन भिल्ला ब्राइटनसँग पराजित भएपछि स्पर्सलाई शीर्ष चार स्थानमा दुरी घटाउने अवसर थियो । तर, पराजयसँगै टोलीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना न्यून बनेको छ ।
३६ खेलपछि लिभरपुल ७८ अङ्कसहित तेस्रो स्थानमा छ । भिल्ला समान खेलबाट ६७ अङ्कसहित चौथो स्थानमा विराजमान छ । एक खेल कम खेलेको स्पर्सको ६० अङ्क छ । टोली पाँचौँ स्थानमा छ । चेल्सी भने ३५ खेलबाट ५४ अङ्क बटुल्दै सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण