काँग्रेसले जित्यो १४ मेयर, एमाले र माओवादीले जिते बराबरी
सोमबार, ०२ जेठ २०७९, २१ : ४८
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । सोमबार बेलुकी साढे ९ बजेसम्म सत्तासीन दल नेपाली काँग्रेसले सबै पदमा अग्रता लिएको छ । काँग्रेसले २९३ मेयर पदमध्ये १४ मा जित हात पारेको छ । यसैगरी ८९ स्थानमा अग्रता बनाएको छ ।
यसैगरी १० उपमेयर जितेको काँग्रेसले ६८ ठाउँमा अग्रता लिएको छ । यस्तै नेकपा एमाले र माओवादी केन्द्रले ३-३ मेयर पद जितेका छन् । यस्तै एमालेले ६१ र माओवादी केन्द्रले २१ ठाउँमा अग्रता लिएको छ ।
एमालेले हालसम्म ७ ठाउँमा उपमेयर जित्दा ७५ मा अग्रता लिएको छ । यस्तै माओवादीले ३ ठाउँमा उपमेयर जित्दा २९ ठाउँमा अग्रता लिएको छ । अन्यले एकमा जित र ३१ मा अग्रता बनाएको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ