सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी उपमहानगरपालिकामा गोपाल हमालको अग्रता कायमै

मङ्गलबार, ०३ जेठ २०७९, १५ : ३२
मङ्गलबार, ०३ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका गोपाल हमालले ७८१६ मतसहित अग्रता कायम गरिरहेका छन् । पछिल्लो मत परिणामअनुसार १७१५९ मत गणना गर्दा हमालले ३९४५ मतान्तरसहित काँग्रेसका नृप वडलाई उछिनिरहेका छन् ।

वडले ३८७१ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले १९२१ मत प्राप्त गरेका छन् । उप मेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी ३४१६ मतसहित अग्रस्थानमा रहेकी छन् भने एमालेकी नन्दकला राना ३३०७ मत प्राप्त गरेकी छन् । त्यस्तै स्वतन्त्रताका प्रभाकर भण्डारीले १९०० मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप