बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठुलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको बताएका हुन् हो ।
मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उनका विचारहरू विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए । ‘बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकहरूलाई हार्दिक आग्रह गर्दछु’ मन्त्री पौडेलले भने, ‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।’ मन्त्री पौडेलले नेपालीहरूले गर्व गर्ने महत्त्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मनु भएको उल्लेख गरे ।
‘गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि ठुलो योगदान दिनु भएका छ,’ मन्त्री पौडेलले भने, ‘उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ ।’ उनले हजारौँ हजार वर्षसम्म गौतम बुद्धका उपदेशहरू जीवित रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु