शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५ हजार ५२४ निर्वाचित हुँदा बागमती प्रदेशमा को बलियो ?

सोमबार, ०९ जेठ २०७९, २२ : ३९
सोमबार, ०९ जेठ २०७९

बागमती प्रदेशमा हालसम्म कुल ५ हजार ५२४ निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रदेशमा सबैभन्दा धेरै नेपाली काँग्रेसका प्रमुखमा २२, अध्यक्षमा ३४, उपप्रमुखमा १८, उपाध्यक्षमा ३१, वडा अध्यक्षमा ४५९, महिला सदस्यमा ४५१ र दलित महिला सदस्यमा ४३४ र सदस्यमा ९२२ गरी २ हजार ३७७ निर्वाचित भएका हुन्।

नेकपा (एमाले) का प्रमुखमा ९, अध्यक्षमा १७, उपप्रमुखमा १७, उपाध्यक्षमा १४, वडा अध्यक्षमा ३४२, महिला सदस्यमा ३९०, दलित महिला सदस्यमा ३८२ र सदस्यमा ७८३ गरी १ हजार ९५४ निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) का प्रमुखमा ४, अध्यक्षमा २२, उपप्रमुखमा ४, उपाध्यक्षमा २६, वडा अध्यक्षमा १९७, महिला सदस्यमा १७७, दलित महिला सदस्यमा १७८ र सदस्यमा ३३१ गरी ९३९ निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का प्रमुखमा ४, अध्यक्षमा १, उपप्रमुखमा १, उपाध्यक्षमा ३, वडा अध्यक्षमा २३, महिला सदस्यमा १७, दलित महिला सदस्यमा २२ र सदस्यमा ३९ गरी ११० पदमा निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखमा १, वडा अध्यक्षमा १४, महिला सदस्यमा १२, दलित महिला सदस्यमा १० र सदस्यमा २१ गरी ५८ निर्वाचित भएका छन् । नेपाल मजदुर किसान पार्टीका प्रमुखमा १, उपप्रमुखमा १, वडा अध्यक्षमा १२, महिला सदस्यमा १२, महिला सदस्यमा ११, दलित महिला सदस्यमा ५ र सदस्यमा २४ गरी ५४ पदमा निर्वाचित भएका छन् ।

यो प्रदेशमा जनता समाजवादी पार्टी, नेपालका वडा अध्यक्षमा १ र सदस्यमा २ गरी ३ र स्वतन्त्रले वडा अध्यक्षमा १७ महिला सदस्यमा ५, दलित महिला सदस्यमा ५ र सदस्यमा ८ गरी ३५ निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप