शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेन्ट लरेन्समा  ‘यौन दुर्व्यवहार’ प्रकरण : दुई शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमति

मङ्गलबार, १० जेठ २०७९, २० : ५६
मङ्गलबार, १० जेठ २०७९

चावहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षकलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विद्यार्थीले आन्दोलन चर्काएपछि मंगलबार प्रहरी वृत्त गौशालाले क्याम्पसका कोअर्डिनेटर काभ्रे घर भएका जनार्दन अधिकारी र राजनकुमार पौडेललाई पक्राउ गरेको थियो ।

आरोपीहरुलाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शिक्षकहरुविरुद्ध ३ जना छात्राले बाल यौन दुर्व्यवहार गरेको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दिनेमा कक्षा ११ र १२ अध्ययनरत छात्रा छन् ।

आरोपीले विद्यार्थीहरुलाई अनैतिक रुपमा छुने तथा आफ्नै घरमा बस्न र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ । पटक–पटक क्याम्पस व्यवस्थापनलाई घनाबारे जानकारी दिँदा सुनुवाई नभएको र भित्रभित्रै मिलाउने प्रयास भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप