
ADVERTISEMENT
दाङमा फरार महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ । जिल्ला अदालत दाङबाट २०७७ फागुन १८ गते लेनदेनको मुद्दामा दुई वर्ष कैद सजाय सुनाएकी महिलालाई बुधबार पक्राउ गरिएको हो ।
फरार रहेकी घोराही उपमहानगरपालिका–१८ निवासी ३४ वर्षीया सुन्तली परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई रझेनास्थित बाटोमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी आज नै अदालतमा पेश गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ