
मोरङमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

मोरङको जहदा गाउँपालिका–२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।
हत्या आरोपमा उनकै श्रीमान ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीलाई जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ