शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैकिङ कसुर मुद्दामा फरार युवक पक्राउ

बिहीबार, १२ जेठ २०७९, ११ : १५
बिहीबार, १२ जेठ २०७९

बैंकिङ कसुर मुद्दामा फरार सर्लाही हरिपुर नगरपालिका–१ घर भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई प्रहरीले स्यूचाटारबाट ​पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटार बस्दै आएका सुवेदीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण प्रसाद कोइरालाले बताए ।

बैंकिङ कसूरमा मुद्दामा उनीविरुद्ध उच्च अदालत पाटनले २०७८ फागुन २० मा पक्राउ अनुमति जारी गरेको थियो । सुवेदीको नाममा १ करोड १० लाख बिगो कायम छ । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप