शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक

बुधबार, १८ जेठ २०७९, १४ : १४
बुधबार, १८ जेठ २०७९

जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

माछासँग दुधः

दुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीरको तापक्रम बढ्ने गर्छ । यो मिश्रणले शरीरमा असन्तुलन पैदा गर्छ र यसका कारण शरीरमा केमिकल परिवर्तन आउन थाल्छ । माछा–मासुसँग दुध पिउँदा पाचन सम्बन्धि समस्या हुन थाल्छ र पेट भारी हुने गर्छ ।

केरा–दुधः

धेरै मानिसहरु दुध र केराको सम्मिश्रणलाई निकै स्वस्थ मान्छन् तर स्वास्थ्य विज्ञ यो कुरासँग सहमत छैनन् । उनीहरुका अनुसार केरा र दुध एकैपटक खाँदा निकै भारी महसुस हुन्छ र यो पचाउन निकै लामो समय लाग्छ । यी दुई एकैपटक खाँदा धेरै थकाई लाग्छ । त्यसैले दुध र केरालाई छुट्टा–छुट्टै समयमा खानुपर्छ ।

फलसँग दुध नखानुहोस्ः

धेरैजसो फलसँग दुध पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ । दुधले पेट सफा गर्ने काम गर्छ जबकी फलमा प्राकृतिक नुन र पानी हुन्छ जसले पिसाबमार्फत् मृगौला सफा राख्ने काम गर्छ । यी सँगै खाँदा पाचन सम्बन्धि समस्या हुनसक्छ र शरीरमा टक्सिन बढ्न सक्छ । यसका कारण बान्ता हुने समस्या पनि हुनसक्छ । त्यसैले दुधसँग फलफूल छुट्टा छुट्टै खानुहोस् ।

मुला र दुधः

आयुर्वेदका अनुसार मुला खाएलगत्तै दुध पिउनु हुँदैन किनभने मुलाको प्रकृति तातो हुन्छ र दुधसँगै खाँदा पेटमा जलन हुनसक्छ । दुध र मुलाको सेवन छुट्टा–छुट्टै गर्नुपर्छ किनभने एकैपटकको सेवनले पाचन प्रक्रियामा अवरोध पुर्याउन सक्छ । विशेषज्ञका अनुसार मुला वा यसबाट बनेको खाना खाएको कम्तीमा दुई घण्टापछि मात्रै दुध पिउनुहोस् ।

दुधसँग अमिलो खानेकुराः

विशेषज्ञका अनुसार दुधमा अमिलो वा एसिडिक चिज मिसाउनु हुँदैन । भिटामिन सीयुक्त खानेकुरा पनि दुधसँग खानु हुँदैन । दुध पच्न समय लाग्छ । दुधसँग कागती वा कुनै अमिलो फल खाँदा नाक बन्द हुने, खोकी लाग्ने र एलर्जी पनि हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप