भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
कोरोना सङ्क्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कता अनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारी छ । यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । भारतमा अझै पनि सङ्क्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ थियो ।
यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा सङ्क्रमण देखिएकामा हालसम्म ६३३ जनाको ज्यान गइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
-
पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'
-
सरकारले व्यवसायिक फर्ममा छापा मार्न हुँदैन : उमेशलाल श्रेष्ठ
-
ट्राफिक प्रहरीको विशेष चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा
-
सर्लाहीको भरत तालमा पर्यटकको घुँइचो
-
मिटरब्याज पीडितहरू लाइन लागेर पुगे बालुवाटार