आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने

सोमबार, २३ जेठ २०७९, १२ : २९
सोमबार, २३ जेठ २०७९

गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् । उनले आगामी मंसिरमा हुने संसदीय चुनावमा आफु काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।  उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने र पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । 

गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको छु । बाँकी तपाईंहरुको साथ र विश्वास ।’

२०७० को चुनावमा पनि राप्रपाको तर्फबाट उम्मेदवार बनेका उनी सो समय पराजित भएका थिए । गायक श्रेष्ठका थुप्रै गीत सांगीतिक क्षेत्रमा हिट मानिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप