लोसपालाई तीनतिरबाट अफर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले बुधबार सार्वजनिक रूपमै पार्टी एकीकरण गर्न लोसपाका नेताहरूलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि भेटमा ठाकुरलाई सहकार्य र गठबन्धनका लागि आग्रह गरेका थिए। यो भनेको हामीलाई तीनतिरबाट गरिएको अफर हो,' लोसपाका एक नेताले भने, 'प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हामी गठबन्धनका पक्षमा छौं । त्यसका लागि सबै (काँग्रेस, एमाले र जसपा) सँग कुरा भइरहेको छ।' ठाकुरसँगको भेटमा देउवाले सहकार्य गर्न प्रस्ताव राखेको लोसपाका नेता शरतसिंह भण्डारीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण