सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

उखु र चिनीको मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको हो : मन्त्री यादव

मङ्गलबार, ३१ जेठ २०७९, १२ : ४६
मङ्गलबार, ३१ जेठ २०७९

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले उखु र चिनीको मूल्य निर्धारण तथा नियन्त्रणको क्षेत्राधिकार कृषि मन्त्रालयको नभएर उद्योग मन्त्रालयको भएको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभामा जारी विनियोजित बजेटमाथिको छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले अनुदानको विषय मन्त्रालयसँग जोडिएपछि मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको नै भएको बताए । यद्यपि, आवश्यक समन्वयको अभावमा भूमिकामा समस्या आइरहेको बताए । 

यस्तै, मल खात वितरण प्रणालीमा समेत कृषि मन्त्रालयले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वय गरेर सहकारी मार्फत मल वितरण गर्नुपर्ने तर आवश्यक समन्वय हुन नसकिरहेको  उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप