उखु र चिनीको मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको हो : मन्त्री यादव
मङ्गलबार, ३१ जेठ २०७९, १२ : ४६
कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले उखु र चिनीको मूल्य निर्धारण तथा नियन्त्रणको क्षेत्राधिकार कृषि मन्त्रालयको नभएर उद्योग मन्त्रालयको भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा जारी विनियोजित बजेटमाथिको छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले अनुदानको विषय मन्त्रालयसँग जोडिएपछि मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको नै भएको बताए । यद्यपि, आवश्यक समन्वयको अभावमा भूमिकामा समस्या आइरहेको बताए ।
यस्तै, मल खात वितरण प्रणालीमा समेत कृषि मन्त्रालयले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वय गरेर सहकारी मार्फत मल वितरण गर्नुपर्ने तर आवश्यक समन्वय हुन नसकिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण