मन्त्री गहतराजले गरे हज यात्रीलाई विदाइ

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १०४ हज यात्रीलाई बिदाइ गरेका छन् । मन्त्री गहतराजले मंगलबार बिहान विभिन्न जिल्लाका हज यात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । मन्त्री गहतराजले आफ्नो गृहनगर बाँकेका साथै बर्दिया, सुर्खेत, दाङ र अर्घाखाँचीबाट हजका लागि मक्का मदिना जान लागेका १०४ हज यात्रीहरुलाई दोसल्ला ओढाएर बिदाइ गरेका हुन् ।
बिदाइ हुनेहरुमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हज यात्री तथा १ जना प्रतिनिधी रहेका छन । हज यात्री साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्का मदिना पुग्ने नेपाल हज समितिले जनाएको छ ।
विदाई गर्न खेलकुद मन्त्री महेश्वर गहतराज , पूर्व स्वास्थ्य मन्त्री गगन थापा, पूर्व शहरी विकास मन्त्री इश्तियाक राई , संविधान सभा सदस्य जन्नतुन निसा, हजसमितिका अध्यक्ष शमशेर मिया, नेकपा माओवादी केन्द्रका सदस्य अतहर हुसेन फारूकी , समाजसेवी अबुल हुसेन, ज़फ़र जमाली, मेराज़ हिमालय, राज मोहम्मद, अब्दुल कवि, कन्फिडेंस नेपालका अध्यक्ष शमशाद आदिल, सचिव आशिक अलि लगायत व्यक्तित्वहरुको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्त गर्दै त्रिवि, आंशिक प्राध्यापकहरूको विरोध
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम