बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लोसपासँग एकता गर्न उपेन्द्र यादव र बाबुराम भट्टराईबीच रस्साकस्सी छ’

सरकारमा जाने–नजाने वेट एण्ड वाचको अवस्थामा छौँ : डा. शरदसिंह यादव
बुधबार, ०८ असार २०७९, १३ : २६
बुधबार, ०८ असार २०७९

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता डा. शरदसिंह यादवले लोसपाका ११ बुँदे मागप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बताएका छन् । लोसपा सरकारमा जाने नजाने विषय पनि प्रधानमन्त्रीकै जवाफमा निर्भर हुने हुँदा पार्टी वेट एण्ड वाचको कन्डिसनमा रहेको उनको भनाइ छ । 

रातोपाटीसँगको भिडियो कुराकानीमा नेता यादवले लोसपा र जसपाबीचको एकताको विषय सञ्चारमाध्यममा आएजस्तो अघि बढिनसकेको पनि बताए । उनले भने, ‘सञ्चारमाध्यममा भनेजस्तो पार्टी एकताका लागि अध्यक्ष मातहतमा कुनै पनि कुराकानी नभएको तथा केन्द्रीय लेभलमा पनि कुनै चर्चा नै नभएकाले यसमाथि धेरै कुरा गर्न म आवश्यक ठान्दिनँ ।’

यद्यपि नेता यादवले पार्टी असहज अवस्थामा पुगेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले सहज बाटो खोज्ने हुनाले जसपाभित्रको आन्तरिक विवादको समयमा लोसपासँगको एकताको चर्चा चल्नु स्वाभाविक रहेको बताए । निकट भविष्यमा लोसपा र जसपाबीचको एकता कति सम्भव छ ? खभन्ने प्रश्नमा भने यादवले भने, ‘राजनीतिमा असम्भव केही पनि हुँदैन । र, जसरी जसपामा दुई समूहबीच (उपेन्द्र यादव समूह र बाबुराम भट्टराई समूह)मा रस्साकस्सी चलिरहेको छ । र दुवै पार्टी लोसपासँग एकता गरेर ठूलो शक्ति निर्माण गर्न चाहन्छन् । यद्यपि उहाँहरू नै प्रस्ट नहुञ्जेल यसै भन्ने अवस्था रहन्न ।’

पछिल्लो समय नेपाली राजनीतिक वृत्तमा लोसपा जसपामा देखिएको दुई समूह बीचको आन्तरिक विवादबाट आफू बलियो बन्ने होडमा रहेको चर्चा छ । त्यसमा पनि उपेन्द्र यादवलाई ब्याइकट गरेर बाबुराम भट्टराईसँग एकता गरेर शक्ति निर्माणको अभ्यासमा लोसपा रहेको चर्चा चलिरहँदा नेता यादव भने यो मान्न तयार छैनन् । भन्छन्, ‘यो निराधार आरोप हो, स्थानीय निर्वाचनको समीक्षा गर्नुपर्ने बेला, आगामी निर्वाचनको तयारीका लागि सङ्गठन निर्माणका लागि सक्रिय हुनु पर्ने बेलामा अरू पार्टी फुट्छ फुट्दैन जस्ता विषयमा हामीले खासै चासो राखेका छैनौँ ।’

चुनावको मिति नै घोषणा नभई सप्तरी संसदीय निर्वाचन क्षेत्र नं. २ बाट लोसपाका तर्फबाट निर्वाचन लड्ने घोषणा गरिसकेका उनै नेता यादवसँग रातोपाटी स्टुडियोमा गरिएको भिडियो संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप