
माने बायर्नमा अनुबन्धित

साडियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । सेनेगलका फरवार्डलाई क्लबमा अनुबन्ध गरेको बायर्नले जनाएको छ । बार्यनले उनलाई लिभरपुलबाट अनुबन्ध गरेको हो ।
जर्मन च्याम्पियनसँग मानेले सन् २०२५ सम्मको सम्झौता गरेका छन् । बायर्नले मानेलाई लिभरपुलबाट ३५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । ३० वर्षीय फरवार्ड मानेले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितेका थिए । माने सन् २०१६ मा साउथ ह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरेका छन् । मानेले गत महिना आफू सेनेगलका समर्थकले चाहेमा बायर्न जाने बताएका थिए ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ