पेट्रोलियम पदार्थको करमा छुट दिन सरकारलाई सत्ता गठबन्धनको निर्देशन
शनिबार, ११ असार २०७९, ११ : ५१
सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।
सरकारले उक्त विषयलाई आजैको लागू हुनेगरी पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने बताएको छ ।
यसअघि शुक्रबार मात्र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको थियो ।
समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आयल निगमका पदाधिकारीसँग छलफल गरे गर्दै सरकारलाई सो निर्देशन दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण