शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरिया जाँदै अशोक

आइतबार, १२ असार २०७९, १७ : ५७
आइतबार, १२ असार २०७९

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दै छन् । जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक पारा तेक्वान्दोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

अशोक क्याडेट तथा जुनियर विश्व च्याम्पियनसिपका लागि पनि निर्णायकमा मनोनित भएका छन् । विश्व तेक्वान्दो (डब्लुटी) ले मनोनित गरेको अशोकले जनाएका छन् । क्याडेटको प्रतियोगिता जुलाई २८ देखि ३१ तथा जुनियरको अगष्ट २ देखि ७ तारिखसम्म बुल्गेरियाको सोफियामा हुँदैछ । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाट निर्णायकमा मनोनित हुने अशोक एक्लो हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप