
अमेरिका, बेलायत र जापानद्वारा रुसबाट सुन आयातमा प्रतिबन्ध

अमेरिका, बेलायत र जापानले रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । पछिल्लो चार महिनादेखि युक्रेनमा रुसी आक्रमणलाई ध्यानमा राख्दै रुसको अर्थतन्त्रमा चोट पुर्याउने उद्देश्यले यो कदम चालिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चाँडै नै जी–७ का अन्य देशहरू जस्तै जर्मनी, फ्रान्स र इटाली पनि यो प्रतिबन्धमा सामेल हुने बताएका छन्। उनले ट्विटमा लेखेका छन्, ‘युक्रेन विरुद्धको युद्धका लागि आवश्यक रकम जुटाउनबाट रोकेर पुटिनलाई अमेरिकाले अभूतपूर्व धक्का दिएको छ । जी–७ सँगसँगै हामी रुसबाट सुन आयातमा प्रतिबन्ध लगाउने घोषणा गर्नेछौँ। रुसबाट यो सुनको निर्यात अर्बौं डलरको हुन्छ ।
आइतबारदेखि मंगलबारसम्म जर्मनीको बाभेरियामा जी–७ देशका नेताहरूको बैठक बस्दैछ । त्यसमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि जर्मनी गएका छन् । बेलायत सरकारले पुटिनको कोष जुटाउने क्षमतामा यो कदमले ठूलो प्रभाव पार्ने बताएको छ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ