ad
x

एनआरएनए स्वास्थ्य सम्मेलनमा आविष्कार केन्द्रका महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । 


अस्ट्रेलियाको सिड्नी सहरमा आयोजना हुने सम्मेलनको तयारीका लागि आइतबार समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले सुझाव सङ्कलन गरेको थियो । उनले स्वास्थ्य समितिको आयोजनामा हुने सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए । सापकोटाले सम्मेलनमा नेपालका स्वास्थ्य मन्त्रीलगायत अष्ट्रेलिया सरकारको तर्फबाट उच्च अधिकारीहरूले भाग लिने जानकारी दिए । 



बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनका लागि आवश्यक तयारीको बारेमा जानकारी गराएका थिए । उनले सम्मेलनमा भाग लिन चाहनेहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुँदै गएको पनि बताए ।

स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्ताहरूलाई समयमै आवश्यक जानकारी पठाउनुपर्नेमा जोड दिए । बैठकमा समितिका सदस्य सचिव डा. सुनिल शाहले अस्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकहरूबीच एक सञ्जालको स्थापना गरी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताहरूको सहभागितामा जोड दिए । 

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले संघका सदस्यहरूलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए । डा. सुहेल सापकोटाले हालसम्म ३१ जना चिकित्सकहरूले सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकारी गराए । डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरू सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए । – न्युज कारखाना

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।