शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘हैजा रोग फैलिन थाल्यो, सरकारको योजना के छ ?’

सोमबार, १३ असार २०७९, १६ : १४
सोमबार, १३ असार २०७९

नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले सो कुरा बताएकी हुन् । अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै उनले सरकार यसमा गम्भीर बन्नुपर्ने बताइन् ।

उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरूमा हैजाको समस्या देखापरेको भन्दै महँगीका बेलामा सामान्य जनताका लागि सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । सांसद लामाले सरकारले मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘अहिले विशेष गरेर बच्चाहरूमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ । त्यो पनि काठमाडौंमा बच्चाहरूमा धेरै देखिएको छ । सामान्य जनताले  यस्तो रोग आउँदा उपचार पाउँछन् कि पाउँदैनन् ? यस्तो त्रासमा जनता छन् । सरकारको योजना के छ ? यसबारेमा गम्भीर बन्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप