धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु
कैलालीको धनगढी विमानस्थलबाट धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु भएको छ ।
काठमाडौंदेखि धनगढीसम्म पहिलो उडान हुँदै आएकोमा मंगलबारदेखि धनगढीबाट पहिलो उडान सुरु भएको हो । एयरलाइन्स बुद्धले धनगढीबाट पहिलो उडान सुरु गरेको जनाइएको छ । ‘काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । मंगलबारदेखि भने त्यो बाध्यताको अन्त्य भएको छ’ धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भने ।
पहिलो उडान भर्न सोमबार नै बुद्ध एयरले विमानस्थलमा रात्रीकालिन पार्किङ गरेको थियो। ‘बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीदेखि काठमाडौं उडान भर्ने छ’ उनले भने –‘यसअघि विहान काठमाडौंबाट आएर विहान ८ देखि ९ बजेबाट धनगढीदेखि काठमाडौं पहिलो उडान हुने गरेको थियो ।’
मंगलबार पहिलो दिन मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको थियो । ७२ सिट क्षमता भएको जहाजमा ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।
पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशन तथा निर्णयपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट मंगलबारदेखि हवाई सेवा सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण