शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बल्छी र राजु मास्टरको छात्रछात्रालाई सहयोग

बुधबार, १५ असार २०७९, ११ : ११
बुधबार, १५ असार २०७९

टेलिश्रृंखला ‘जुठे’ युनिटले लमजुङ राईनास नगरपालिका वडा ८ का माझी गाउँका ५ छात्रछात्रालाई आर्थिक सहयोग गरेको छ । युनिटका तर्फबाट कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेलले (राजु मास्टर) ले स्थानीय श्रीकृष्ण प्राथमिक विद्यालयमा अध्ययनरत ५ छात्रछात्रालाई जनही १० हजारको दरले (५० हजार) सहयोग गरेका हुन् ।

लामो समययदेखि उक्त स्थानमा छायांकन हुँदै आएको टेलिश्रृंखला ‘जुठे’ छायांकनमा स्थानीयले विभिन्न सहयोग गरेको भन्दै युनिटले त्यहाँका छात्रछात्रालाई सहयोग गरेको हो । टेलिश्रृंखलाका निर्देशकद्वय श्रेष्ठ  पौडेलले विद्यालयमै पगेर छात्रछात्रालाई सहयोग गरेका हुन् । 

मरिचमान र राजु पौडेलको संयुक्त लेखन एवं निर्देशन रहेको टेलिसिरियलमा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप