शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङ पुगे राष्ट्रपति सी

बिहीबार, १६ असार २०७९, १४ : ३६
बिहीबार, १६ असार २०७९

बेलायतले हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव मनाउन चिनियाँ राष्ट्रपति सी जिनफिङ हङकङ पुगेका छन् । कोरोना महामारी सुरु भएयता सी मेनल्याण्ड चीनबाट बाहिर यात्रा गरेको साढे दुई वर्षमा पहिलोपटक हो ।

द्रुत गतिको रेलमा हङकङ पुगेका सीलाई त्यहाँका जनताले चीन र हङकङको झण्डासहित स्वागत गरेका थिए । सीको भ्रमणका क्रममा हङकङको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यक्रम आयोजना हुने सम्मेलन केन्द्र वरपर सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको छ भने सडकहरू बन्द गर्नुका साथै सो क्षेत्रमा उडानहरू प्रतिबन्ध गरिएको छ ।

हङकङकी प्रमुख कार्यकारी केरी लाम हाल कोभिडको क्वारेन्टिनको अन्तिम दिनमा रहेकी छन् । त्यसलगत्तै उनले सीलाई भेट्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप