आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’
शुक्रबारदेखि भोजपुरी फिल्म ‘रण’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरका हल सबै भने पाएको छैन । किनभने केही फिल्म हल यस अगाडि प्रदर्शनमा आएका नेपाली फिल्म ‘चिसो मान्छे’ र ‘कबड्डी ४’ लगायतले अझै ओगटेका छन् ।
‘रण’ मार्फत नेपालका हलमा पहिलो पटक भोजपुरी फिल्मले ठूलो प्रदर्शनको अवसर पाएको हो । काठमाडौं र उपत्यका बाहिर गरेर ४० बढी हलमा रिलिजमा आएको यो फिल्म भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । फिल्म आजैबाट नेपालसँगै भारतको मुम्बई तथा गुजरातमा पनि प्रदर्शनमा आएको निर्माण युनिटले जनाएको छ ।
निर्देशकको अलवा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध रहेको फिल्ममा नेपाली अभिनेता नरेन खड्का, आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र लगायतको अभिनय छ । निर्देशक पन्तकै लेखन रहेको फिल्मका निर्माता अरुणकुमार मिश्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी आउने
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा