लघुकथा : कागजी विवाह
“बाहिर आउनोस् ।”
कारको झ्याल बाहिरबाट प्रहरीले भन्यो । नरेश कारबाट बाहिर निस्कियो । ऊसँग सवारी चालक अनुमति पत्र मागियो । अघि करिव चार माईल परबाट गस्ती टोलीले पछ्याउँदै आएको उसैलाई रहेछ । उ डरायो पनि ।
“रक्सी पिएर कार चलाउने ?” पुलिसको बोली अलि कडा थियो ।
“हैन मैले पिएको छैन । म कहिल्यै पनि रक्सी पिएर सवारी साधन चलाउँदिन ।” उसले जवाफ दियो ।
“ए, साँच्चै हो र ?” भन्दै अर्को प्रहरीले रक्सी पिएको जाँच्ने यन्त्र ल्यायो र हेर्यो ।
अघिदेखि कारमा बसिरहेको प्रहरीको हाकिमसँग भन्यो, “हो सर उसले ठिक भन्दैछ ।”
कारमा बसिरहेको प्रहरी कारबाट निस्केर नजिकै आयो र नरेशलाई सोध्यो “कहाँबाट फर्कदै छौ ? के तिमी आज थाकेका छौ ?”
नरेशले जवाफ दियो, “हजुर, म कामबाट फर्किँदै छु र आज अलि बढी नै थकाई लागेको छ ।”
“तिम्रो कार हँकाई पिएको मनिसको जस्तै असामान्य देखिएको थियो । ल, अब राम्रोसँग चलाउनु आज मौखिक चेतावनी मात्र दिन्छु,” प्रहरीको हाकिमले भन्यो ।
मौखिक चेतावनी रेकर्डमा नबस्ने भएकोले नरेशले हल्का खुसी मान्यो ।
“ओभर टाइम नगरे खर्चले धान्दैन । तर ओभर टाइम गरे थकाइ लाग्छ । के गर्ने अब ? धन्य पशुपतिनाथको कृपाले तीन पटक सम्म यसै गरेर छोडे ।” उसले मनमा कुरा खेलाउँदै घरमा बुबा आमा सम्झियो ।
अनि सम्पूर्ण जायजेथा धितो राखेर ऋण लिएर नक्कली कागजी विवाह गर्दा तिर्नु परेको लाखौँको बिटो सम्झियो । ऊ विश्व पुँजीपति सिण्डिकेट विरुद्ध केक प्रहार गरी पहिलो पटक धावा बोलेर चर्चामा आएको सियाटल सहरको व्यस्त सडकमा मध्यरातमा कार चलाउँदै आफ्नो कोठातर्फ फर्किँदै थियो ।
पोखरा–७,मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण