मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

उच्च शिक्षाका लागि अमेरिका पुगेका सम्भव थपलिया, जो व्यापारमा चम्किए

सोमबार, २० असार २०७९, १५ : ०७
सोमबार, २० असार २०७९

उच्च शिक्षाका लागि अमेरिका पुगेका सम्भव थपलियाले स्थापना गरेको ‘जेबेक’ कम्पनीको बजार मूल्य ६० मिलियन अमेरिकी डलर पुगेको छ । अमेरिका पुगेर स्टार्ट अपकारूपमा सुरू गरिएको ‘जेबेक’को बजार मूल्य ६० मिलियन डलर अर्थात ७ अर्ब रुपैयाँ पुगेको हो ।

‘जेबेक’ अन्य कम्पनीहरूसँग साझेदारी गरेर ती कम्पनीका कर्मचारीलाई ‘रियलटाइम’ तलब दिने नवप्रवर्तनात्मक कम्पनी हो । ‘अमेरिकामा सरसापट चल्दैन । पैसा चाहिएपछि महँगो ब्याजमा ऋण लिनुको विकल्प हुँदैन,’ सम्भव भन्छन्, ‘यसको समाधान नै जेबेक हो ।’ अर्थात जेबेक कम्पनीले टाइहप गरेका कम्पनीका कर्मचारीले प्रत्येक मिनेट, घन्टा र दिनमा आफ्नो तलब पाउँछन् ।

यसले ती कम्पनीका कर्मचारीले महँगो ब्याज तिरेर ऋण लिनुनपर्ने सम्भवको भनाइ छ । फलस्वरूप कम्पनीले छोटो अवधिमै प्रगती गर्न थालेको छ । २३ वर्षका सम्भवले अमेरिकासहित अन्य देशमा पनि सेवा दिन थालेको जानकारी दिएका छन् । न्यू टू द स्ट्रिट टीभीमा अन्तरवार्ता दिँदै सम्भवले आफ्नो कम्पनीमा ७ हजार जना सेवाग्राहीकारूपमा जोडिइसकेको बताएका छन् ।

यस्तै, यही वर्ष सन् २०२२ भित्रमा १ लाख ग्राहक बनाउने उनको योजना छ । तेस्रो कम्पनीकारूपमा सुरू भएको जेबेक नवप्रवर्तनात्मक कम्पनी भएकाले निरन्तर प्रगती गरिरहेको उनले बताए । ‘नेपालमा पहिलो कम्पनी खोलेको थिए । जसमा आफ्नो सारा पैसा सकाए,’ उनले भने, ‘अमेरिका पढ्न आएपछि आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी कम्पनी खोले । जसबाट कम्पनी चलाउने ज्ञान पाए । अहिले जेबेकमा त्यही ज्ञानले काम गर्दैछ ।’

जेबेकका संस्थापक सम्भव थप्छन्, ‘अमेरिकामा नेपालमा जस्तो साथिभाई छरछिमेकमा सापट चल्दैन । त्यसैले याँहा दैनिक सामाग्री किन्न ऋण लिनुपर्छ । तलब दैनिकरूपमा नआउँदा ऋण लिएर अत्यावश्यक वस्तु किन्नुपर्छ । जसको ब्याज महँगो पर्छ ।’ तर, जेबेकले सहकार्य गरेका कम्पनीका कर्मचारीको बैंक खातामा प्रत्येक सेकेण्ड र प्रत्येक मिनेट तलब जम्मा हुन्छ । जसले गर्दा अमेरिकामा यसको लोकप्रियता बढेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप