असारे भाकाको संरक्षणमा जोड
पछिल्लो पुस्ता माझ संरक्षणको अभावमा असारे भाका हराउने चासो र चिन्ता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका वडा नं ३३ भरत पोखरीमा आयोजित एक कार्यक्रममा यसको संरक्षणमा वक्ताहरूले जोड दिएका छन् । सिर्जना र असार समूह साहित्य श्रृखंला अन्तर्गत आयोजित कार्यक्रममा वक्ताले नेपाली मौलिकताले युक्त असारे भाकालाई नयाँ पुस्ता माझ पुर्याउनुपर्नेमा जोड दिइयो ।
पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाकालाई जीवन्त राख्नका लागि संरक्षण हुनुपर्ने बताए । उक्त अवसरमा उनले असारे भाकाका गीत प्रस्तुत गरेका थिए ।
सिर्जना र असार समूह साहित्य श्रृंखलाले पोखराका संयोजक स्ट्रगल रानाले असारे भाकाको संरक्षणका लागि प्रयास गरिएको बताए । कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाइको समूह, संगम सास्कृतिक समूह, शिव अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाट लगायतका स्रष्टाले रचना वाचन गर्दै आआफ्ना प्रस्तुति राखेका थिए।
सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्य, काजी गाउँले, संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ्ग, स्थानीय धनबहादुर भुजेल, हेमबहादुर थापा किरण लगायतले असारे भाकाको मौलिकता जोगाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण