नेमकिपा अध्यक्ष बिजुक्छें र चिनियाँ नेताबीच भेटवार्ता
बुधबार, २९ असार २०७९, २२ : २६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा चीन र नेपालको मित्रवत सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।
सो क्रममा नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो । नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण