नेमकिपा अध्यक्ष बिजुक्छें र चिनियाँ नेताबीच भेटवार्ता
बुधबार, २९ असार २०७९, २२ : २६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच आज साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ । आज भएको भेटवार्तामा चीन र नेपालको मित्रवत सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।
सो क्रममा नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो । नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी सम्मेलनको पूर्वसन्ध्या स्वदेशी लगानीकर्ताहरू सडकमा, तस्बिरहरू
-
२८ हजार मेगावाट बिजुली उत्पादन गर्न ६१ खर्ब चाहिने
-
यसरी पाएका थिए आमिरले ‘मिस्टर परफेक्सनिस्ट’ को ट्याग
-
नेपालले पहिलो विकेट गुमायो
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री