बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तपाई कामकाजी हुनुहुन्छ भने बच्चाको पालनपोषणमा उपयोगी हुनेछन् यी ५ टिप्स

सोमबार, ०२ साउन २०७९, १० : ५४
सोमबार, ०२ साउन २०७९


बच्चाको पालनपोषण एउटा ठूलो जिम्मेवारी हो । कामका कारण बाबुआमा दुबै टाढा हुँदा बच्चामा नराम्रो असर पर्न सक्छ । जो अभिभावकसँग बालबालिकाका लागि पर्याप्त समय छैन उनीहरु नराम्रो बानीको सिकार हुन्छन् । धेरै बालबालिका आमाबाबु बिना एक्लो महसुस गर्छन् । बालबालिकाको व्यक्तित्वमा एक्लोपनको असर नपरोस् भन्नका लागि तपाईंले केही उपयोगी टिप्सको पालना गर्नुपर्छ । तपाईं पनि कामकाजी अभिभावक हुनुहुन्छ भने यहाँ दिइएका यी बुँदाहरुले तपाईंलाई सायद सहयोग गर्न सक्लान् ।

१. बच्चाको दिनचर्यामा ध्यान दिनुहोस्

कामकाजी आमाबाबुले आफ्नो बच्चाको दिनचर्या सेट गर्नुपर्छ । यदि तपाईं अफिस जानुहुन्छ भने बच्चालाई आफ्नो पूरा समय दिन गाह्रो हुनेछ । यतिबेला बच्चाको रुटिन सेट गर्नुहुन्छ भने ऊ व्यस्त रहन्छ । तपाईं बच्चाको खानाको समय, पढ्ने वा सुत्ने समय निश्चित गर्नुहोस् । तपाईं बाहिर हुनुहुन्छ भने बच्चासँग फोन वा भिडियो कलमार्फत् कुरा गरिरहनुहोस् । यस्तो गर्दा बच्चामा खालीपन पनि महसुस हुनेछैन र तपाईं आरामले आफ्नो काम गर्न पाउनुहुनेछ ।

२. बच्चालाई अवस्थाबारे जानकारी दिनुहोस्

यदि तपाईं कामकानी अभिभावक हुनुहुन्छ भने, बच्चालाई आफ्नो अवस्था बारे बताउनुहोस् । थुप्रै बालबालिका आफ्ना आमा–बुवासँग यसकारण टाढा हुन्छन् किनभने उनीहरु जतिबेला पनि आफूलाई एक्लो पाउँछन् । तपाईंले आफ्नो अवस्था बारे बच्चालाई बताउनुपर्छ । तपाईंको कामको महत्त्व बुझ्न उनीहरूका लागि पनि महत्त्वपूर्ण छ । बच्चाहरुलाई समय दिएर उनीहरुलाई बुझाउँदा समस्या समाधान हुनसक्छ ।

३. बच्चालाई समय दिनु महत्त्वपूर्ण छ

आमाबाबु कामका लागि बाहिर जाउन् वा घरबाटै काम गरुन्, तपाईंले बच्चालाई समय दिन आवश्यक छ । बच्चाको अगाडि बस्दा मात्रै तपाईंले उनीहरुलाई केयर गरिरहनुभएको छ भन्ने नठान्नुहोस् । बच्चासँग सम्बन्ध उत्कृष्ट बनाउनका लागि उनीहरुलाई समय दिन आवश्यक छ । तपाईं बच्चासँग कुनै हबी क्लासमा जानसक्नुहुन्छ । घुम्न जानु वा बच्चासँग खेल्नु पनि राम्रो विकल्प हो ।

४. बच्चालाई एक्लै नछोड्नुहोस्

यदि तपाईं कामको लागि बाहिर जाँदै हुनुहुन्छ भने, बच्चाको साथमा आमाबाबु मध्ये एक हुनुपर्छ । यदि आमाबाबु दुवै कामका लागि बाहिर जान्छन् भने, बच्चालाई विशेष व्यक्तिको हेरचाहमा छोड्न सकिन्छ, जस्तै हजुरआमा वा हजुरबुवा । बच्चालाई अपरिचित व्यक्तिसँग नछोड्नुहोस् । यसले बच्चाहरू डराउन सक्छन् ।

५. बच्चाको बानीहरू हेर्नुहोस्

यदि बच्चा अचानक धेरै रिसाउन थाल्छन्, चिड्चिडा महसुस गर्छन् वा एक्कासी मौन बस्छन् भने, उसलाई एक्लोपन महसुस भइरहेको हुनसक्छ । धेरै पटक बालबालिकाले आफ्नो समस्या बुझाउन सक्दैनन् तर व्यवहारबाट व्यक्त गर्ने प्रयास गर्छन् । तपाईं बच्चासँग कुरा गर्नुहोस् । बच्चाको समस्यालाई मायाले सुन्नुहोस् र समाधान खोज्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप