स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति
आइतबार, ०८ साउन २०७९, १२ : ५६
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । पार्टीको गण्डकी प्रदेश सभापतिमा डा ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समिति १६ सदस्यीय छ ।
समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् ।
यस्तै, कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छिन् । रवि लामिछाने नेतृत्वको उक्त पार्टी केही समयअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण